सिक्किम राज्य गठनको स्वर्ण जयन्ती अवसरमा स्मारक डाक टिकट सार्वजनिक

IMG-20250529-WA0421(1)

गान्ताेक: सिक्किमको राज्य गठनको ५०औं वार्षिकोत्सवको ऐतिहासिक अवसरमा आज एक विशेष स्मारक हुलाक टिकट र “फर्स्ट डे कभर” माननीय राज्यपाल श्री ओम प्रकाश माथुरज्यू र माननीय मुख्यमन्त्री प्रेम सिंह गोलेज्यूको संयुक्त उपस्थितिमा सार्वजनिक गरिएको छ।
आज सार्वजनिक गरिएको ₹५.०० मूल्यको आकर्षक स्मारक टिकट—जो इन्डिया पोस्टद्वारा जारी गरिएको हो—सिक्किमको नक्सा समेटिएको छ र यसमा राज्यको समृद्ध सांस्कृतिक सम्पदा, जीवन्त कृषि क्षेत्र, र मनमोहक प्राकृतिक सौन्दर्य कलात्मक ढंगले चित्रित गरिएको छ।
यो विशेष टिकटले सिक्किमको प्रगति, विविधता, र भारतीय संघभित्रको अद्वितीय पहिचानलाई श्रद्धास्वरूप समर्पित गरिएको छ। सिक्किम फिलाटेलिक सोसाइटी भएर राष्ट्रिय सम्मान प्राप्त फिलाटेइस्त शितल प्रधानले यस ऐतिहासिक हुलाक उपलब्धिप्रति अत्यन्त गर्व र उत्साह व्यक्त गर्नु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement