नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेट सञ्जय बांगरले एमएस धोनीको उपस्थितिले चेन्नई सुपर किंग्स (सीएसके)-मा रुतुराज गायकवाड़लाई कप्तानको रूपमा विकसित हुनदेखि रोकिरहेको दावी गरेका छन्। गत आइतवार गुजरात टाइटन्सविरुद्ध चेन्नईको सीजनको अन्तिम म्याचको अवधि बांगरले यस्तो मत व्यक्त गरे। बांगरको भनाइअनुसार, धोनीको छाँयामा रुतुराज मात्र नभएर रविन्द्र जडेजा पनि नेतृत्वकर्ताको रूपमा विकसित हुन सकेनन्। उनले धोनीको उपस्थितिले अन्य खेलाड़ीहरूलाई नेतृत्वकर्ताको रूपमा विकसित हुनदेखि रोकिरहेको बयान दिएका छन्। यसको साथमा बांगरले रुतुराज र जडेजाले धोनीको मानसिकताको नकल गर्ने प्रयास गर्दै आएको पनि दावी गरे। उनले भने, रुतुराज र जडेजा सदा धोनीको छाँयामा रहे अनि आफ्नो अलग छवि बनाउन सकेनन्। प्रत्येकपल्ट धोनीको मानसिकताको नकल गर्ने प्रयासमा उनीहरूले विकासको मौका गुमाए। धोनीको उपस्थितिले गर्दा टीममा नयाँ नेताको उदयलाई रोकिरहेको छ।
बांगरको बयान धेरै हदसम्म सही पनि रहेको छ कारण सीएसके प्रबन्धनले आफ्नो टीममा नयाँ नेतृत्वकर्ता ल्याउने प्रयास गर्दा त्यस खेलाड़ीले दुर्भाग्यवश धोनीको छाँयाबाट बाहिर निस्कने मौका पाउँदैनन्। म्याचको अवधि कप्तान जुनै खेलाड़ी भए पनि धोनीको प्रभावले गर्दा कप्तानको रूपमा विकसित हुने मौका पाउँदैनन्। यसपाली पनि टीमले त्यसको फल भोग्नु पऱ्यो अनि टीम प्लेअफ्-को रेसबाट सबैभन्दा पहिला बाहिर भएको थियो। सीएसके यस सीजनमा पोइण्ट्स टेबलको दशौं तथा अन्तिम स्थानमा रह्यो अनि यो उनीरूको आईपीएल इतिहासको सबैभन्दा खराब सत्र रह्यो। सीएसके यसअघि कहिले पनि नवौं स्थानदेखि तल झरेको थिएन।