लिभरपूलको विजयोत्सवको अवधि भयावह दुर्घटना

IMG-20250527-WA0168

लण्डन: ईंग्लिश प्रीमियर लीगको खिताब जितेपछि खुशीयाली मनाइरहेका लिभरपूलको प्रशंसकहरूका विजयी परेडको अवधि भीड़मा एउटा अनियन्त्रित कार पस्दा २७ जनालाई अस्पतालमा भर्ना गर्नु पऱ्यो, जसमा दुईजनालाई गम्भीर चोट लागेको छ। यस दुर्घटनाले लिभरपूलका प्रशंसकहरूबीच शोकको माहोल छाएको छ। यस घटनासँग आतंकवादको सम्बन्ध रहेको सम्भावनाहरूलाई चाहिँ स्थानीय पुलिसले खारेज गरेको छ। गत २७ अप्रेलमा टोटनह्यामलाई ५-१-ले पराजित गरी लिभरपूलले प्रीमियर लीग खिताब सुनिश्चित गरेको थियो। पुलिसले यस घटनापछि ५३ वर्षीय कार चालकलाई पक्राउ गरेको छ। कार चालक ईंग्ल्याण्डकै नागरिक हुन्। दुर्घटनाको समय लिभरपूलका प्रशंसकहरू जीतको खुशीयाली मनाइरहेका थिए अनि त्यही समय अनियन्त्रित कार भीड़मा पसेको थियो। एम्बुलेन्स अधिकारीहरूले बताएअनुसार, अस्पतालमा भर्ना हुने २७ जनामा चारजना नानी पनि सामेल छन्। कारको मुनि फसेला मानिसहरूलाई दमकलकर्मीहरूले बाहिर निकाले। कारको धक्काले भीड़मा सामेल मानिसहरू हावामा उड़ेको भीडियो सोशल मीडियामा भायरल भइरहेको छ। एकजना प्रत्यक्षदर्शीले बताएअनुसार, लिभरपूलको टीम सवार भएको बस पार भएको १० मिनटपछि दुर्घटना भएको थियो। यसअघि लिभरपूल प्रीमियर लीग च्याम्पियन हुँदा कोरोना महामारीले गर्दा लगाइएको लकडाउनले गर्दा विजयी परेड निकालिएको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement