जीतको साथ अभियान समाप्त गर्न सफल दिल्ली क्यापिटल्स

IMG-20250525-WA0003

जयपुर: दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरी आईपीएल २०२५-मा जीतको साथ आफ्नो अभियान समाप्त गऱ्यो। सवाई मानसिंह स्टेडियममा खेलिएको आईपीएल २०२५-को ६६औं म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ८ विकेट गुमाएर २०६ रन बनायो। जवाफमा दिल्ली क्यापिटल्सले १९.३ ओभरमै ४ विकेटमा २०८ रन बनाएर म्याच जित्यो। पञ्जाब यस हारपछि पनि १३ वटा म्याचमा १७ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको दोस्रो स्थानमा रह्यो। यसरी दिल्लीले १४ वटा म्याचमा १५ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेर अभियान समाप्त गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सबाट कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ५३ रन बनाए। यसबाहेक मार्कस स्टोइनिसले अविजित ४४ रन बनाए। उनले १६ बल खेलेर ४ वटा छक्का र ३ वटा चौका लगाए। जोश ईंग्लिशले ३२ र प्रभसिमरन सिंहले २८ रनको योगदान दिए। दिल्लीका बलरहरूमा मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सले समीर रिज्वीले अविजित अर्द्धशतकले जीत दिलायो। उनले ५ वटा छक्का र ३ वटा चौकाको साथ २५ बलमा अविजित ५८ रन बनाए। यसबाहेक करुण नायरले ४४, केएल राहुलले ३५, फाफ डू प्लेसिसले २३ र सदिकुल्लाह अतलले २२ रन बनाए। रिज्वीले नायरसँग चौथो विकेटको निम्ति ६२ रन अनि ट्रिस्टन स्टब्स (अविजित १८ रन)-सँग पाँचौं विकेटको निम्ति ५३ रनको अटूट पार्टनरशीप गरे। पञ्जाबका बलरहरूमा स्पिनर हरप्रीत बरारले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement