धुलाबारीका रु १८ अर्ब हुण्डी कारोबारीसँग प्रहरी अधिकृतको ‘कनेक्सन’

IMG-20250522-WA0169

झापा: केही दिन अघि झापाको धुलाबारीबाट पक्राउ परेका अर्वौ रुपँयाको हुण्डी कारोबारीहरुसँग प्रहरी अधिकृतहरुकै सोझो सम्बन्ध रहेको फेला परेको छ।
मेचीनगर–१० धुलाबारीमा व्यापारको आवरणमा हुण्डी कारोबार चलाउँदै आएका केही व्यक्तिसँग नेपाल प्रहरीका एसपीसम्मको सोझो सम्बन्ध रहेको पाइएको हो। एकसाता अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले धुलाबारीमा गिफ्टोरियम नामक पसलमार्फत आयात निर्यातको कारोबार गर्दै आएका अनुज मारु, कबिस मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राईलाई नियन्त्रणमा लिएको थियो। त्यसमध्ये अनुज मारु भन्ने व्यक्तिसँग नेपाल प्रहरीका उच्च अधिकृतको सोझो सम्बन्ध रहेको र त्यसकै आडमा उनीहरुले हुण्डीजस्तो गैह्रकानूनी काम गर्ने गरेको खुलेको छ।
मारुको नेपाल प्रहरीका हालका एसपी विपीन रेग्मी, डिएसपीत्रय राकेश थापा, नरहरि अधिकारी र सुवास बुढाथोकीसँग विशेष सम्बन्ध रहेको धुलाबारीका एक ब्यापारीले वताएका छन् भने उनीहरुको समिपता पुष्टि गर्ने तस्वीर समेत फेला परेको छ। स्मरण रहोस् एसपी रेग्मी साथै डिएसपीद्वय अधिकारी र बुढाथोकी इन्स्पेक्टर हुँदाका बखत यसअघि नै इलाका प्रहरी कार्यालय धुलाबारीका इञ्चार्ज भइसकेका प्रहरी अधिकृत हुन्। त्यस्तै हालका डीएसपी राकेश थापा धुलाबारीका इञ्चार्ज र जिल्ला प्रहरी कार्यालयमा डीएसपीका रुपमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्।
प्रहरी स्रोतका अनुसार डिएसपी थापा र अन्य प्रहरी अधिकृतहरु झापा आएका बेला समेत यिनै मारुकै घरमा बस्ने गरेका थिए। अझ, एसपी रेग्मी त हरेकपटक झापा आउँदा सिधै मारुकै घर जाने र उनकै कम्पाउण्डमा गाडी थन्क्याएर उनीहरुसँगै शिलगढी जाने गरेको प्रहरी स्रोतकै दाबी छ।
स्रोतका अनुसार एसपी रेग्मी झापा आउँदा बरु एसपीलाई नभेटी फर्कन्थे तर, मारुको घरमा विगत १० बर्ष अघिबाट उनको राम्रै आउ–जाउ चल्ने गथ्र्यो। त्यस्तै उनीहरु मारुकै खर्चमा विभिन्न स्थान घुम्ने गरेका थिए। झापाकै एक पत्रकारका अनुसार डीएसपी थापाले मारुकै खर्चमा चीनको समेत भ्रमण गर्न भ्याइसकेका छन्। यसबाट पक्राउ परेकाहरुको प्रहरीसँगको निकटता प्रष्टिएको स्रोतको दावी छ। यस्तै पक्राउ परेका अनुज मारुसँग भारतीय आधारकार्ड र ४ वटा भारतीय नम्बर प्लेटका साना सवारी समेत रहेको बुझिएको छ।
यता, मारुसहित पक्राउ परेकाहरुलाई सीआइवीको टोलीले काठमाडौँ लिएर गएको छ। तर, पक्राउ परेको यतिका दिन बितिसक्दा समेत सीआईबीले औपचारिक जानकारी दिएको छैन। पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ।
उनीहरुले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको प्रमाण भेटिएको श्रोतले बतायो। उनीहरुमाथि अदातबाट म्याद थपेर अनुसन्धान भइरहेको बुझिएको छ। यता हुण्डी कारोबारीहरुसँग घाँटी जोडिएका प्रहरी अधिकारीहरुमाथि कुनै छानविन शुरु नगरिएको सीआईबी स्रोतले बताएको छ।
त्यस्तै पक्राउ परेका धुलाबारीका यी हुण्डी कारोबारीहरुसँग बिर्तामोडका कारोबारीहरुको समेत संलग्नता रहेको जनाइएको छ।
प्रशासनिक र राजनीतिक संरक्षका कारण ठूला घटना बढे
झापा पछिल्लो समय ठूला आर्थिक अपराधका घटनामा उल्लेख्य बृद्धि भएको पाइएको छ। यस्ता घटनामा प्रहरी प्रशासन र राजनीतिक संरक्षण हुँदा घटनामा बृद्धि भएको हो।
केही साता यताको बिभिन्न अपराधका घटनालाई सूक्ष्म विश्लेषण गर्ने हो भने आर्थिक अपराधले करोडौ रुपैंया बरावरको राजश्वमा असर पुर्याएको छ भने गैह्र बैब्किब प्रणलीमार्फत कारोबार हुँदा आर्थिक अनुशासन कायम गर्न नसकिने अवस्था बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement