काठमाडौं: काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको विमान प्राविधिक समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ ।
आज बिहान ६:१२ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको विमानको इन्जिनमा समस्या आएको छ। त्यसपछि चालक दलले विमानलाई काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गर्ने तयारी गरे। यो जानकारी विमानस्थल स्रोतले दिएको हो।