सुबोध गोयलमाथि ६२१० करोड ठगीको आरोप

ed-1689169967

नयाँ दिल्ली: प्रवर्तन निर्देशनालय (ईडी) ले युको बैंकका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक सुबोध कुमार गोयललाई पक्राउ गरेको छ। उनलाई बैंक ठगी मुद्दामा पक्राउ गरिएको छ। उनीमाथि ६२१०.७२ करोड रुपैयाँको ऋण हिनामिना गरेको आरोप लागेको छ।
सुबोध कुमार गोयललाई १६ मे २०२५ मा उनको दिल्ली निवासबाट मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत पक्राउ गरिएको थियो। उनीमाथि बैंक ऋण दिने बदलामा घुस लिएको आरोप लागेको छ। उनले बैंकिङ नियमहरूलाई बेवास्ता गरेर कन्कास्ट स्टील एण्ड पावर लिमिटेडलाई ऋण दिएको र त्यसको बदलामा ठूलो घूस लिएको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement