कोलकाता: इजराइल र हमासबीच शनिबार गाजामा युद्धविरामका लागि नयाँ कुराकानी सुरु भएको छ। यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौता अनुसार धेरै इजरायली बन्धकलाई छाड्ने सर्त राखेको छ।
दुवै पक्षबीच यो कुराकानी गाजामा इजरायली सेनाले गरेको ठूलो आक्रमणको केही घण्टापछि सुरु भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासले ६० दिनको युद्धविराम र इजरायलका तर्फबाट प्यालेस्टिनी कैदीको रिहाइको बदलामा इजरायली बन्धक रिहा गर्ने बताएको छ।
नयाँ सम्झौता अनुसार दैनिक गाजामा ४०० राहत सामग्रीले भरिएका ट्रक जान दिने र गाजाका बिरामीलाई बाहिर निकाल्ने अनुमति पनि हुने एक जना प्यालेस्टिनी अधिकारीले बताएका छन्।
यसको बदलामा हमासले बन्धक बनाएका सबै इजरायली जिउँदो भएको प्रमाण र उनीहरुका बारेमा जानकारी दिनुपर्ने इजरायलको माग छ। युद्धविराम वार्ता कतार र अमेरिकाको मध्यस्थतामा दोहामा भइरहेको छ। वार्ता शनिबार दिउँसोदेखि सुरु भएको छ।
प्रस्तावित सम्झौतामा इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।