स्पेनका अल्काराजलाई चुनौती दिन फाइनलमा पुगे इटलीका सिनर

IMG-20250517-WA0173

रोम: विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरले पहिलो सेट गुमाएपछि उत्कृष्ट प्रदर्शन गर्दै इटालियन ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाए। इटलीको यस खेलाड़ीले विश्वका १३औं नम्बरका अमेरिकी खेलाड़ी टमी पललाई सेमिफाइनलमा १-६, ६-०, ६-३-ले पराजित गरे। फाइनलमा सिनरको भिड़न्त स्पेनका स्टार खेलाड़ी कार्लोस अल्काराजसँग हुनेछ। यसरी सिनरसँग १९७६-मा एड्रियानो पेनेटापछि रोममा ट्रफी जित्ने इटलीका पहिलो पुरुष खेलाड़ी बन्ने मौका रहनेछ। यसअघि अल्काराजले इटलीका खेलाड़ी लोरेञ्जो मुसेटीलाई सीधा सेटमा ६-३, ७-६-ले पराजित गरी फाइनलमा स्थान पक्का गरे। सिनर र अल्काराजबीच यसअघि अन्तिमपल्ट चीन ओपनमा भिड़न्त भएको थियो। त्यस समय अल्काराजले टाई ब्रेकरमा जीत हासिल गरेका थिए। अल्काराजविरुद्ध त्यस हारपछि सिनरले लगातार २६ वटा म्याच जितिसकेका छन्। अल्काराजले सिनरविरुद्ध अहिलेसम्म १० वटा म्याच खेलेर ६ वटा जितेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement