युक्रेनमा यात्रु बसमा रुसी ड्रोन आक्रमण, ९ जनाको मृत्यु

IMG-20250517-WA0163

कोलकाता: उत्तरपूर्वी युक्रेनमा यात्रु बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको छ l
सुमी क्षेत्रीय सैन्य प्रशासनले शनिबार बिहान बिलोपिलिया शहरमा भएको आक्रमणमा अन्य चार जना घाइते भएको जनाएको बीबीसी समाचारमा उल्लेख छ।
२०२२ पछि पहिलो पटक रुस र युक्रेनले शान्तिको लागि प्रत्यक्ष वार्ता गरेको केही घण्टामा उक्त आक्रमण भएको हो।
बिलोपिलिया नजिकै शत्रुको ड्रोनले यात्रु बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्,’ सुमी क्षेत्रीय सैन्य प्रशासनले टेलिग्राममा पोस्ट गर्दै भनेको छ।
रुसी सेनाले भने यस आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
शुक्रबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन।
आगामी दिनहरूमा दुवै पक्षले एक-अर्कालाई एक हजार युद्धबन्दी फिर्ता गर्ने सहमति भने वार्तामा भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement