करियरमा पहिलोपल्ट ९० मीटरभन्दा अधिकको थ्रो गर्न सफल नीरज चोपड़ा

IMG-20250517-WA0133

दोहा: दुईपल्टका ओलम्पिक पदक विजेता भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले दोहा डायमण्ड लीगमा असाधारण प्रदर्शन गर्दै आफ्नो करियरमा पहिलोपल्ट ९० मीटरको थ्रो गरे। व्यक्तिगत सर्वश्रेष्ठ थ्रो गरे पनि नीरजले डायमण्ड लीगको दोहा चरणमा जीत हासिल गर्न सकेनन्। नीरजले आफ्नो तेस्रो प्रयासमा ९०.२३ मीटरको सर्वश्रेष्ठ थ्रो गरे। स्पर्धामा जर्मनीका जूलियन वेबर पहिलो स्थानमा रहे, जसले आफ्नो छैटौं प्रयासमा ९१.०६ मीटरको थ्रो गरे। जर्मनीका एथलीटले पनि आफ्नो करियरमा पहिलोपल्ट ९० मीटरभन्दा अधिकको थ्रो गरे। ग्रेनाडाका एण्डरसन पीटर्सले तेस्रो स्थान हासिल गरे। उनले ८५.६४ मीटरको सर्वश्रेष्ठ थ्रो गरे। ओलम्पिकमा २ पल्टका पदक विजेता नीरजको निम्ति ९० मीटरको दूरी एउटा ठूलो चुनौती बनेको थियो। उनी धेरैपल्ट यसको नजिक पुगेका थिए तर प्रत्येकपल्ट ८८ र ८९ मीटरको सर्वश्रेष्ठ थ्रो-मा अल्झिएका थिए। यसपाली चाहिँ उनले ९० मीटरको पौराणिक रेखालाई पार गरे।
स्पर्धामा नीरज सबैभन्दा पहिला थ्रो गर्न आए अनि पहिलो प्रयासमा ८८.४४ मीटरको थ्रो गरे। यसरी उनका प्रतिद्वन्द्वी एण्डरसन पीटर्सले पहिलो प्रयासमा ८५.६३, जूलियन वेबरले ८३.८२ र जूलियस येगोले ६८.८१ मीटरको थ्रो गरे। भारतका अन्य एक ज्याभलिन थ्रो एथलीट किशोर जेनाले पहिलो प्रयासमा ६८.०७ मीटरको थ्रो गरी शुरुवात गरे। यसरी पहिलो प्रयासमा नीरज अघि रहे। असल शुरुवातपछि नीरजले दोस्रो प्रयासमा फाउल गरे। उनका साथई किशोर जेनाले दोस्रो प्रयासमा ७८.६० मीटरको थ्रो गरे। त्यसपछि तेस्रो प्रयासमा चाहिँ नीरजले आफ्नो सबै रेकर्ड तोड़्नको साथै करियरको सर्वश्रेष्ठ प्रदर्शनको साथ ९० मीटरको वाधालाई पार गरे। उनले आफ्नो तेस्रो प्रयासमा ९०.२३ मीटरको थ्रो गरे। यसअघि टोत्यो ओलम्पिकमा स्वर्ण पदक जित्दा पनि उनले ९० मीटरको थ्रो गर्न सकेका थिएनन्। पेरिस ओलम्पिकमा रजत पदक विजेता नीरजले बारम्बार उनलाई एक दिन ९० मीटरको थ्रो गर्ने विश्वास रहेको बताएका थिए अनि दोहा डायमण्ड लीगमा उनले यस वाधालाई पार गरेर देखाए। यसअघि नीरजको करियरको सर्वश्रेष्ठ थ्रो ८९.९४ मीटरको थियो, जुन उनले २०२२ स्टकहोम डायण्ड लीगमा बनाएका थिए। किशोर जेनाको तेस्रो प्रयास फाउल रह्यो। तेस्रो प्रयासपछि नीरज पहिलो स्थानमा रहेका थिए। नीरजले चौथो प्रयासमा ८०.५६ मीटरको थ्रो गरे जबकि उनको पाँचौ प्रयासलाई फाउल घोषित गरियो। जर्मनीका जूलियन वेबरले चौथो प्रयासमा ८८.०५ अनि पाँचौं प्रयासमा ८९.९४ मीटरको थ्रो गरेपछि आफ्नो छैटौं तथा अन्तिम प्रयासमा ९१.०६ मीटरको थ्रो गरी शीर्ष स्थान हासिल गरे। नीरजले आफ्नो छैटौं प्रयासमा ८८.२० मीटरको थ्रो गरे। यसरी करियरमा पहिलोपल्ट ९० मीटरभन्दा अधिकको थ्रो गरेर पनि नीरज दोस्रो स्थानमा रहे। भारतका किशोर जेना ७८.६० मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ आठौं स्थानमा रहे। यसबाहेक भारतका गुलवीर सिंह पुरुषहरूका ५००० मीटर दौड़मा १३ मिनट २४:३२ सेकेण्डको समयसहित नवौं स्थानमा रहे। गुलवीर डायमण्ड लीगमा पहिलोपल्ट ओर्लिएका थिए। केन्याका रेनोल्ड चेरुयोत यस स्पर्धामा पहिलो स्थानमा रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement