पीएसएल छोड़ेर आईपीएलमा आए कुसल मेण्डिस

IMG-20250516-WA0206

नयाँ दिल्ली: श्रीलंकाका विकेटकीपर ब्याटर कुसल मेण्डिसले आईपीएल २०२५ प्लेअफ्-को निम्ति गुजरात टाइटन्समा जोस बटलरको स्थान लिनेछन्। बटलर प्लेअफ् को निम्ति उपलब्ध हुनेछैनन् कारण उनलाई वेष्ट इण्डिजविरुद्ध होम सीरीजको निम्ति ईंग्ल्याण्डको वनडे टीममा चयन गरिएको छ, जुन २९ मईदेखि शुरु हुनेछ। आईपीएलको प्लेअफ् त्यही दिनदेखि शुरु हुनेछ। मेण्डिस गत हप्तासम्म क्वेटा ग्लेडिएटर्सको साथ पाकिस्तान सुपर लीग (पीएसएल)-मा खेलिरहेका थिए। सुरक्षा चिन्ताहरूले गर्दा अब उनी पीएसएलको निम्ति पाकिस्तान नगएर आईपीएलमा खेल्नेछन्। श्रीलंकाको निम्ति मेण्डिसले ७८ वटा टी२०आई म्याच खेलेर २५.६०-को औसत र १३१.६८ को स्ट्राईक रेटले १९२० रन बनाएका छन्। यसमा १५ वटा अर्द्धशतक सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement