प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ पीपुल्स कङ्ग्रेसका उपाध्यक्षको भेट

IMG-20250515-WA0180

काठमाडौँ: नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनु भएका चिनियाँ पीपुल्स कङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले मे १५ तारिख बिहीबार शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गते(१६ मई) देखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबिचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताउनुभएको छ। उहाँले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गर्नुभयो।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो समयदेखि मित्रवत र समस्यारहित एवम् हार्दिक सम्बन्ध रही आएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्ररूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्राध्यक्ष सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै दुई देशबिच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो।


भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement