आईपीएलको रहल म्याचहरूका निम्ति फ्रेञ्चाइजीहरूलाई ठूलो राहत

IMG-20250515-WA0144

नयाँ दिल्ली: आईपीएल गवर्निंग काउन्सिलले लीगको जारी सीजनको रहल सत्रको निम्ति अस्थायी प्रतिस्थापन नियम लागू गर्ने फसेला गरेको छ। सबै १० वटा फ्रेञ्चाइजीलाई सीजनको अन्तसम्म अस्थायी प्रतिस्थापन खेलाड़ीलाई सामेल गर्ने अनुमति हुनेछ तर यी खेलाड़ीहरू २०२६-को निम्ति रिटेन्शनको पात्र हुनेछैनन्। यो निर्णय भारत-पाकिस्तान सीमा तनाउले गर्दा एक हप्ताको निलम्बनपछि लिइएको छ, जसले गर्दा लीग १७ मईदेखि फेरि शुरु हुनेछ अनि ३ जूनमा समाप्त हुनेछ। निलम्बनले गर्दा आईपीएलको शेड्यूल अन्तर्राष्ट्रिय क्यालेण्डरसँग ठोक्किएको छ। यसले गर्दा ज्याक फ्रेसर-म्याकगर्क र जेमी ओवरटन जस्ता विदेशी खेलाड़ीहरू अनुपलब्ध भएका छन्। यसरी धेरै फ्रेञ्चाइजीसँग ब्याकअप् खेलाड़ी छैन। यस कुरालाई ध्यानमा राखेर नियममा बद्लाउ गरिएको छ। मूल नियम अनुसार, टीमहरूले चोट या बिमारीको मामिलामा आफ्नो १२औं म्याचसम्म प्रतिस्थापन सामेल गर्न सक्छ तर असाधारण परिस्थितिहरूले गर्दा गवर्निंग काउन्सिलले नियमहरूमा छूट दिएको छ।
काउन्सिलले फ्रेञ्चाइजीहरूलाई अस्थायी प्रतिस्थापन खेलाड़ी राष्ट्रिय प्रतिबद्धताहरू, व्यक्तिगत कारणहरू या चोटले गर्दा अनुपलब्ध रहने खेलाड़ीहरूका स्थान लिने सक्ने सूचित गरेको छ। यी खेलाड़ीहरूले २०२६ लिलामीमा पञ्जीकरण गराउनु पर्नेछ अनि रिटेन्शनको पात्र हुनेछैनन्। यसरी लीग निलम्बनभन्दा अघि सामेल प्रतिस्थापन खेलाड़ीहरू चाहिँ रिटेन्शनको योग्य हुनेछन्। आईपीएल २०२५-का रहल म्याचहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछ तर ३ जूनमा खेलिने फाइनलसहित प्लेअफ् म्याच खेलिने स्थलहरूको नाम चाहिँ अहिलेसम्म घोषणा गरिएको छैन। निलम्बनले गर्दा बीसीसीआई शेड्यूललाई अघि बढ़ाउन वाध्य भयो अनि यसले फ्रेञ्चाइजीहरूका निम्ति खेलाड़ीहरूका उपलब्धता ठूलो चुनौती बनेको छ। काउन्सिलको यस नियमले फ्रेञ्चाइजीहरूलाई लचिलोपन प्रदान गर्नेछ, विशेषगरी ती टीमहरूलाई जो विदेशी खेलाड़ीहरूका अनुपस्थितिसँग जुझिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement