नयाँ दिल्ली: भारतले बुधबार अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गर्ने चीनको प्रयासलाई “निरर्थक र बेतुक”रहेको भन्दै स्पष्ट रूपमा अस्वीकार गरेको छ। उनले भने कि यस्ता प्रयासहरूक़ो कुनै अर्थ छैन् र ती राज्य “भारतको अभिन्न अंग हो र रहनेछ” भन्ने “निर्विवाद” तथ्यलाई परिवर्तन गर्दैन।
अरुणाचल प्रदेशमाथि चीनको दाबी:
अरुणाचल प्रदेशका केही स्थानहरूको लागि चीनले आफ्नो नाम घोषणा गरेकोमा प्रतिक्रिया जनाउँदै भारतले यो टिप्पणी गरेको उल्लेख छ। चीनले अरुणाचल प्रदेशलाई तिब्बतको दक्षिणी भागको रूपमा दाबी गरेको छ।
चीनको दाबी अस्वीकार:
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने कि हामीले चीनले भारतीय राज्य अरुणाचल प्रदेशका ठाउँहरूको नाम परिवर्तन गर्न व्यर्थ र बेतुक प्रयासहरू गरेको देखेका छौं। उनले भने कि हामी हाम्रो सिद्धान्त अनुसार यस्ता प्रयासहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्छौं। यस विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै जयसवालले यी टिप्पणीहरू गरेका हुन्। उनले भने कि नयाँ नामले अरुणाचल प्रदेश भारतको अभिन्न र अविभाज्य अंग थियो, छ र सधैं रहनेछ भन्ने निर्विवाद वास्तविकतालाई परिवर्तन गर्दैन।
चीनले गत वर्ष पनि नामहरूको सूची जारी गरेको थियो:
गत वर्ष अप्रिलमा पनि, जब चीनले अरुणाचल प्रदेशका ३० स्थानहरूको ‘मानकीकृत नाम’ को सूची जारी गर्यो, भारतले यसमा तीव्र प्रतिक्रिया जनाएको थियो। चिनियाँ नागरिक मामिला मन्त्रालयले २०१७ मा ‘झाङनान’ का छ स्थानहरूको ‘मानकीकृत नाम’ को पहिलो सूची जारी गरेको थियो भने २०२१ मा १५ स्थानहरूको दोस्रो सूची जारी गरेको थियो। यसपछि, २०२३ मा ११ स्थानहरूको नामसहित अर्को सूची जारी गरेको थियो।
द्विपक्षीय सम्बन्धमा प्रभाव:
पूर्वी लद्दाख सीमा गतिरोधबाट प्रभावित सम्बन्धलाई सामान्य बनाउन दुई देशहरू प्रयासरत रहेका बेला अरुणाचल प्रदेशका स्थानहरूको नामको नयाँ सूची जारी गर्ने चीनको निर्णय आएको हो। भारत र चीनले लगभग पाँच वर्षको अन्तरालपछि गत महिना कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेका थिए जसलाई सम्बन्ध सुधार गर्ने प्रयासको रूपमा हेरिएको थियो।