आईपीएल १७ मईदेखि पुनः शुरु हुने, फाइनल ३ जूनमा

IMG-20250509-WA0188(1)

याँ दिल्ली: भारत र पाकिस्तानबीच संघर्ष विरामपछि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को रहल म्याचहरूको कार्यक्रम घोषणा गऱ्यो। आईपीएल १७ मईदेखि पुनः शुरु हुनेछ। लीगका रहल म्याचहरू ६ वटा मैदानमा खेलिनेछ। यसरी फाइनल म्याच ३ जूनमा हुनेछ। भारत र पाकिस्तानबीच तनाउबीच बीसीसीआईले आईपीएललाई गत शुक्रवार एक हप्ताको निम्ति स्थगित गरेको थियो। आईपीएलको १८औं संस्करणमा ५८ वटा म्याच भइसकेको थियो, जसमा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेलिएको म्याच पनि सामेल थियो। त्यस म्याचलाई बीचमै रोकेर रद्द घोषित गरिएको थियो। बीसीसीआईले त्यस म्याचलाई फेरि खेलाउने फसेला गरेको छ। यसरी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच म्याच जयपुरमा २४ मईमा खेलिनेछ।
बीसीसीआईले घोषणा गरेको नयाँ कार्यक्रम अनुसार, आईपीएल २०२५ सीजनका रहल १७ वटा म्याच ६ वटा मैदानमा खेलिनेछ, जसमा बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद सामेल छ। शनिवार (१७ मई) खेलिने म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) र कलकत्ता नाइट राइडर्स (केकेआर)-बीच भिड़न्त हुनेछ। नयाँ कार्यक्रममा २ वटा डबल हेडर पनि सामेल छ। पहिलो डबल हेडर १८ मईमा छ। आइतवार दिउँसो राजस्थान रोयल्सको सामना पञ्जाब किंग्ससँग जयपुरमा हुनेछ जबकि त्यही राति दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच दिल्लीमा म्याच हुनेछ। दोस्रो डबल हेडर २५ मईमा हुनेछ। त्यस दिन दिउँसो खेलिने म्याचमा गुजरात टाइटन्सको सामना चेन्नई सुपर किंग्ससँग हुनेछ। यसरी राति खेलिने म्याचमा सनराइजर्स हैदराबाद र कलकत्ता नाइट राइडर्सबीच भिड़न्त हुनेछ। नयाँ कार्यक्रममा २८ मई, ३१ मई र २ जूनमा कुनै म्याच खेलिनेछैन।
प्लेअफ्-को शुरुवात २९ मईदेखि हुनेछ। पहिलो क्वालीफायर २९ मईमा हुनेछ। यसरी एलिमिनेटर म्याच ३० मईमा खेलिनेछ। दोस्रो क्वालीफायर १ जूनमा खेलिनेछ। त्यसपछि आईपीएल २०२५-को फाइनल ३ जूनमा हुनेछ। यी चारवटा म्याचको निम्ति स्थानहरूको घोषणा पछिबाट गरिनेछ। आईपीएल २०२५-मा अहिले गुजरात टाइटन्स ११ वटा म्याचमा १६ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ। यसरी आरसीबी १६ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। पञ्जाब किंग्स १५ पोइण्ट्सको साथ तेस्रो र मुम्बई इण्डियन्स १४ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। अहिलेसम्म कुनै पनि टीमले प्लेअफ्-मा स्थान बनाएको छैन। यसरी सनराइजर्स हैदराबाद, चेन्नई र राजस्थान रोयल्स चाहिँ प्लेअफ्-को रेसबाट बाहिर भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement