फुलबारी: फुलबारीमा आमा छोरी रहस्यमय रूपमा बेपत्ता भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ। फुलबारी नम्बर २ ग्राम पञ्चायतको ममता पाडा निवासी तथा पेशाले टोटो चालक विश्वजित कुन्डुकी श्रीमती ब्यूटी दासले मे २ मा कसैलाई जानकारी नदिई आफ्नी आठ वर्षीया छोरीलाई लिएर घरबाट निस्किएको बताइएको छ। त्यसबेलादेखि उनको कुनै पत्तो लागेको छैन।
परिवारले उनलाई विभिन्न ठाउँमा खोजे पनि फेला पार्न सकेनन्। त्यसपछि विश्वजीत कुण्डुले एनजेपी प्रहरी चौकीमा हराएको उजुरी दर्ता गरे। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान सुरु गरेको छ।