बिर्तमोड (नेपाल): मुस्लिम वर्ल्ड लिग (एमड़ब्लुएल) ले भारत र पाकिस्तानबीच बढ्दो तनाव न्यूनीकरण गर्न साउदी अरेबियाले चालेको कूटनीतिक कदमको खुलेर समर्थन गरेको छ।
एमड़ब्लुएलका महासचिव तथा मुस्लिम विद्वानहरूको संगठनका अध्यक्ष शेख डा. मोहम्मद अल-इस्साले साउदी अरेबियाका राज्य मन्त्री र जलवायु मामिलाका दूत आदेल बिन अहमद अल-जुबैरको भारत र पाकिस्तान भ्रमण (मे ८–९) को प्रशंसा गरेका छन्। उक्त भ्रमण साउदी नेतृत्वको निर्देशनअनुसार भएको थियो, जसको उद्देश्य क्षेत्रीय तनाव घटाउँदै सैन्य द्वन्द्व अन्त्य गर्न र द्विपक्षीय संवाद पुनः सुरु गराउने हो।
डा. अल-इस्साले साउदी नेतृत्वको कूटनीतिक प्रयास, अन्तर्राष्ट्रिय हैसियत र शान्ति स्थापनामा सघन भूमिका रहेको उल्लेख गर्दै भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन र साउदी पहललाई सकारात्मक रूपमा स्वागत गर्न आह्वान गरेका छन्।
उक्त भ्रमणले दुवै मुलुकबीच संवाद र समाधानको ढोका खोल्ने अपेक्षा गरिएको छ।