नयाँ दिल्ली: पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविरा मगर्न सहमति भएको जनाएका छन्।
उनले सधैं पाकिस्तान शान्ति र सुरक्षाको लागि प्रयासरत भएको पनि बताएका छन्।
उनको भनाइ राख्दै बीबीसीले लेखेको छ, ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ।’
उनले व्यापक मुद्दाहरूमा वार्ता सुरु हुने पनि बताएका छन्।
‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ। भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएका छन्,’ उनले भनेका छन्।
साथै, उनले शान्तिको बाटो रोज्ने सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदी र शहबाज शारिफको प्रशंसा पनि गरेका छन्।
‘हामी प्रधानमन्त्री मोदी र शरीफको बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्छौं,’ उनले भनेका छन्।
यसअघि केहीबेर अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका थिए।
ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन्।
‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन्।