पाकिस्तानबाट फेरि आक्रमण भए कडा जवाफ दिने भारतको चेतावनी

IMG-20250510-WA0194

कोलकाता: पाकिस्तासँग जारी तनावपछि युद्धविराम सुरु भएको केही घण्टामा नै भारतको रक्षा मन्त्रालयले फेरि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ।
युद्धविराम गर्ने सहमति भएको केही समयपछि भारतको रक्षा मन्त्रालयले शनिबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय थलसेना, वायुसेना र नौसेनाका अधिकारीहरूले पाकिस्तानसँगको द्वन्द्वमा भारतका सबै सैन्य संरचना सुरक्षित रहेको बताए।
पत्रकार सम्मेलनमा थलसेनाबाट कर्नल सोफिया कुरैशी, वायुसेनाबाट विङ कमान्डर व्योमिका सिंह र नौसेनाबाट कमोडोर रघु आर. नायर उपस्थित करिब १० मिनेट लामो पत्रकार सम्मेलनमा पाकिस्तानले गलत प्रचार गरिरहेको भन्दै चर्को आपत्ति समेत जनाएको छ।
उनीहरू पाकिस्तानले गलत सूचना फैलाउँदै भारतको एस-४०० र ब्रह्मोस मिसाइल बेसमा क्षति पुर्‍याएको भनि गरेको दाबी पूर्ण रूपमा गलत भएको बताए। ‘सिरसा, जम्मू, पठानकोट र भुजस्थित एयरफिल्डहरूमा आक्रमण गरिएको दाबी गलत हो । चण्डीगढ़ र ब्यासस्थित सैन्य गोदामहरू पूर्ण सुरक्षित छन्,’ थलसेनाकी कर्नल कुरैशीले भनिन्।
भारतले मस्जिदहरूमा क्षति पुर्‍याएको भनी पाकिस्तानले झुटो प्रचार गरिरहेको उनको दाबी छ। भारत धर्मनिरपेक्ष राष्ट्र भएकाले पाकिस्तानका स्कर्दू, जकुबाबाद, सरगोदा र बुलारीस्थित एयरफिल्डहरूमा आफ्नो सेनाले असर पुर्‍याएको उनको भनाइ छ।
भारतीय नौसेनाका कमोडोर रघु आर. नायरले भारत सबै सैन्य कारबाहीहरू रोक्न सहमत भएको, तर पाकिस्तानले पुनः रवैया देखायो भने त्यसको निर्णायक जवाफ दिइने बताए। ‘भारतीय थलसेना, वायुसेना र नौसेना मातृभूमिको सुरक्षाप्रति पूर्णतः प्रतिबद्ध छन्,’ उनले भने, ‘हाम्रो सतर्कता उच्चस्तरमा रहेको छ, र यदि कुनै दुस्साहस दोहोरियो भने त्यसको जवाफ अझ कठोर हुनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement