बलियो र शक्तिशाली महिला बन्ने यी १२ उपाय

IMG-20250509-WA0251

महिला सशक्तिकरणको मुद्दा नयाँ होइन। सदियौंदेखि अहिलेसम्म यस विषयमा चर्चा–परिचर्चा भइरहेको छ। यसबारे कति लेख लेखिए, कति सेमिनार गरिए, कति सडक प्रदर्शन गरिए र, अहिले नयाँ भाष्य स्थापित गरिएको छ, ‘पुरुष र महिला बराबर।’
तर, के वास्तविकतामा यस्तो छ। युग बद्लियो, जीवन पद्धति बद्लियो तर महिलालाई दबाउने जुन किसिमको परिपाटी छ, त्यो बदलिएको छैन। त्यसको स्वरुप र भाषा बदलिएको होला। तर, यर्थातमा महिलामाथि पुरुष नियन्त्रण अझै उस्तै छ।
त्यसैले त कुनै महिलाले घरमा होस् वा कार्यलयमा आफूलाई अग्रसर देखाउन थाल्दा, अधिकारको कुरा गर्न थाल्दा उनलाई ‘घमण्डी’, ‘जिद्दी’, ‘शिलस्वभाव नभएका’ भनेर उडाउने गरिन्छ।
जबकि कुनै पुरुषले त्यस्तै व्यवहार गरेमा उनलाई नेता वा हिरो बनाइन्छ। हो, पुरुष र महिलाबीच यही भेद छ। यदि पुरुषहरू बलियो हुन सक्छन् र नेतृत्व गर्ने गुणहरू हुन सक्छन् भने, महिलाहरू किन त्यस्तो हुन सक्दैनन्?
किन महिलाहरूलाई नियन्त्रणकारी स्वभाव भनिन्छ?
२०१४ मा, फेसबुकका सीओओ शेरिल स्यान्डबर्गले ‘ब्यान बोसी’ अभियान सुरु गरेकी थिइन्। उनलको अभियानमा विश्व प्रसिद्ध महिला नेतृ र विद्वानहरूले समर्थन गरेका थिए।
अभियानको तर्क थियो सानै उमेरदेखि केटीहरूलाई शान्त र आज्ञाकारी हुन तालिम दिइन्छ। यदि उनीहरूले यी लैङ्गिक मान्यताहरू तोड्ने हिम्मत गरे भने, उनीहरूको प्रायः आलोचना हुन्छ। जसले उनीहरूलाई हुर्केर नेता बन्नबाट निरुत्साहित गर्छ वा रोक्छ।
के महिलाले आफ्नो आवाज आफैँ उठाउन सक्दैनन्? के समाजमा महिलाका गुणहरूलाई कमजोरीको रूपमा प्रस्तुत गर्नु ठिक हो?
महिलाका गुणहरूलाई समाजमा उनीहरूको कमजोरीको रूपमा प्रस्तुत गरिन्छ। किनभने यदि कुनै केटालाई उसको प्राथमिकताको केटीको बारेमा सोधियो भने, उसलाई त्यस्ता केटीहरू मनपर्छ जो हेरचाह गर्ने, घरायसी काम गर्ने र शान्त स्वभावका हुन्छन्।
उनीहरूले बलियो महिलालाई प्रेमिका त बनाउँछन् र विवाह गर्दा नरम स्वभावका महिलासँग नै गर्छन्। हरेक पुरुषले आफूलाई महिलाभन्दा बलियो ठान्छ र बलियो रहन चाहन्छ। तर धेरै महिलाहरू पुरुषहरू भन्दा बलिया र बुद्धिमान पनि हुन्छन्।
महिलालाई नियन्त्रण गर्नु कमजोर मानिसहरूको लक्षण 
जसले महिलालाई नियन्त्रण गर्न खोज्छन् उनीहरू कमजोर, असहाय र अरूमा निर्भर हुन्छन् तर यसलाई स्वीकार गर्न चाहँदैनन्। यी मानिसहरूमा आफैँले केही गर्ने शक्ति हुँदैन, त्यसैले तिनीहरू महिलालाई दबाएर र उनीहरूमाथि आफ्नो बल प्रयोग गरेर आफ्नो पुरुषत्व प्रमाणित गर्ने प्रयास गर्छन्। यस्ता पुरुषलाई दबिएका, बिन्ती गर्ने, गरिब र असहाय महिलाहरू मन पर्छन् जो उनीहरूमाथि निर्भर रहन्छन्।
कस्ता महिलालाई बोसी भनिन्छ?
आफ्नो निर्णयमा विश्वास गर्ने महिलालाई बोसी भनिन्छ किनभने उनीहरूलाई कुनै पनि निर्णय लिन कसैको सल्लाहको आवश्यकता पर्दैन। अरूबाट सल्लाह लिए पनि उनीहरू निर्णय आफैँ गर्छन्।                 १. आफ्नो अधिकारका लागि लड्ने
बोसी महिलाहरूलाई आफ्नो अधिकारका लागि कसरी आवाज उठाउने भन्ने थाहा हुन्छ। उनीहरू कसैसँग डराउँदैनन्। उनीहरूलाई आफ्नो अधिकार कसरी प्रयोग गर्ने भनेर पनि राम्ररी थाहा हुन्छ।                    २. आफ्नो इच्छासँग सम्झौता नगर्ने
यस्ता महिलाहरू पहिले आफ्ना लागि बाँच्छन् र आफ्नो बारेमा सोच्छन्। उनीहरूलाई आफूलाई कसरी खुसी राख्ने भन्ने थाहा हुन्छ। त्यसैले आफ्ना सपनाहरूलाई दबाउँदैनन् र ती सपनाहरू प्राप्त गर्न कडा परिश्रम गर्न डराउँदैनन्।             ३. खुसी बाँड्ने कुरामा विश्वास गर्ने
बोसी महिलाले आफ्नो खुसीलाई मात्र प्राथमिकता दिँदैनन्, आफ्नो खुसीमा अरूलाई पनि समावेश गर्ने कुरामा विश्वास गर्छन्। अरूको भावनाको सम्मान पनि गर्छन्। उनीहरू जीवनभर टुटेको सम्बन्ध र नराम्रो सम्झनाको बोझ लिएर बस्नुपर्छ भन्ने कुरा मान्दैनन्। अगाडि बढ्नुमा विश्वास गर्छन्।                        ४. आफ्नो सुरक्षाका लागि सक्षम
यस्ता महिलाले आफ्नो सुरक्षा आफैँ गर्न सक्छन्। कुनै पनि समस्याको समाधान गर्न उनीहरूले आत्मरक्षा तालिम लिन्छन्। नकारात्मक परिस्थितिबाट बाहिर निस्कने उपाय खोज्छन्।                       ५. आत्मविश्वासको स्तर उच्च
यस्ता महिलाहरूमा उच्च आत्मविश्वास पनि हुन्छ। कुनै पनि कामका लागि अरूमा भर पर्दैनन्। कुनै कुरा आउँदैन भने त्यसलाई सिक्छन्। आफ्नो बाटो आफैँ रोज्छन् त्यसलाई पछ्याउँछन्।                            ६. काम गर्ने राम्रो क्षमता
यस्ता महिला आफ्नो सपना पूरा गर्न जुनसुकै हदसम्म जान सक्छन्। आफ्नो लक्ष्यमा नजर राख्नु रअगाडि बढ्नु यी महिलाहरूको व्यक्तित्वको महत्त्वपूर्ण भाग हो।                 ७. सकारात्मक सोच
सकारात्मक सोचले नै उनीहरूलाई अरूभन्दा फरक बनाउँछ। हरेक चीजलाई हेर्ने उनीहरूको दृष्टिकोण अलि फरक हुन्छ। यही कारणले गर्दा उनीहरू असफलतामा निराश हुँदैनन्, फेरि साहसका साथ दोस्रो प्रयास गर्छन्।                   ८. आफ्नो हेरचाह कसरी गर्ने ज्ञान
यस्ता महिलाहरूले अरूको मात्र हेरचाह गर्दैनन् आफ्नो पनि हेरचाह गर्छन्। आफ्ना लागि समय निकाल्छिन्, आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिन्छन्।                            ९. आफूलाई प्राथमिकता दिने
यस्ता महिला जे छ त्यसमा खुसी हुन्छन्। उनीहरूलाई हेर्दा राम्रो, उचाइमा छोटो वा कालो, गोरो हुनुले केही फरक पार्दैन। उनीहरूसँग जे छ त्यो पूर्ण छ भनेर सोच्छन् र आफ्ना कमजोरीहरूलाई आफ्नो शक्तिमा परिणत गर्छिन्।
१०. अरुका लागि प्रेरणा बन्ने यी महिलाहरूले आफ्नो जीवनमा यस्तो काम गर्छन्, जसले गर्दा उनीहरू अरूका लागि पनि उदाहरण बन्छन्। उनीहरूको जीवन हेरेर मानिसहरूले धेरै कुरा सिक्छन्। साथै अरूलाई अगाडि बढ्न प्रोत्साहित र मद्दत गर्छन्। ११. प्रतिकूल परिस्थितिसँग नडराउने
हाम्रो जीवनमा आउने समस्याहरूलाई हामी कसरी लिन्छौँ भन्ने कुरा हाम्रो मानसिक अवस्थामा निर्भर गर्छ। यस्ता महिलाहरूले हरेक कठिनाइको साहसपूर्वक सामना गर्छन्। प्रतिकूल परिस्थितिसँग डराउँदैनन्।                            १२. श्रीमान भन्दा बढी काम गर्ने
यस्ता महिलाहरूले घर र बाहिरको काम दुवैलाई राम्रोसँग व्यवस्थापन गर्छन्। श्रीमानभन्दा धेरै गुणा बढी काम गर्छन् र तैपनि ताजा महसुस गर्छन्। किनभने उनीहरू जे गर्छन्, त्यो पूरा हृदयले गर्छन्। जब मन खुसी हुन्छ, कुनै पनि काम बोझ जस्तो लाग्दैन।
बलियो महिला बन्न यी कुरामा ध्यान दिनुपर्छ:
– आफ्ना गुण र कमजोरीहरू थाहा पाउनुपर्छ र तिनीहरूलाई व्यवस्थापन गरेर बाँच्न सिक्नुपर्छ। आफ्ना कमजोरीहरूलाई आफ्नो शक्तिमा परिणत गर्नुपर्छ।
– आफू गलत छैन भन्ने निश्चित भएको कुरामा शीर झुकाउनु हुँदैन।
– आफ्नो सीमा आफैँ तोक्नुपर्छ, अरुको विचार लिने तर हरेक कुरामा सोचेर आफैँले निर्णय गर्नुपर्छ।
– आफ्नो स्वास्थ्यको पूर्ण ख्याल राख्नुपर्छ। त्यसैले, आफ्नो खानपान र नियमित स्वास्थ्य जाँचको ख्याल राख्नुपर्छ।
–कसैको दबाबमा आउनु हुँदैन। आफूलाई जे ठिक लाग्छ त्यही गर्नुपर्छ। ठिक नलाग्ने कुनै पनि कुरालाई नाइँ भन्नुपर्छ।
–कसैले मलाई नराम्रो भन्छ कि भनेर डराउनु हुँदैन। निसास्सिएर जीवन बिताउनु भन्दा, एक पटक खराब बनेर शान्तिपूर्वक जीवन बिताउनु राम्रो हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement