मुम्बई: यतिबेला अभिनेत्री प्रियंका कार्कीको परिवारै गर्मी बिदा मनाउन मलेसियामा छ। उनीहरू मलेसियाको क्वान्टानस्थित पुतेह समुन्द्री तटमा रमाउँदै गर्मी छलिरहेका छन्।
प्रियंका छोरी आयन्का, श्रीमान आयुष्मान, देवर आशिरमान, सासु रविना र ससुरा स्टुआर्ट चापम्यानसँग गर्मी बिदामा रमाइरहेकी छिन्। सासु रविनाले परिवारसँग पुतेह बीचमा रमाइलो गर्दै गरेका तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।
‘केवल माया, मुस्कान, हाँसो र प्रशस्तै रमाइला स्मृतिहरू’ रविनाले रेड हार्ट इमोजसहितका तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। आयन्का पनि परिवारसँग रमाउँदै गर्दा क्युट देखिएकी छन्। तस्वीर हेर्दा सासु र बुहारीको बन्डिङमा पनि गजब देखिन्छ।