नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले भारत र पाकिस्तानबीच जारी तनाउबीच शुक्रवार ठूलो फसेला लियो। बीसीसीआईले राजनैतिक तनाउलाई मध्यनजरमा राखेर इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को सीजन एक हप्ताको निम्ति स्थगित गऱ्यो। बीसीसीआई अध्यक्ष राजीव शुक्लाले भने, अहिले लीगलाई एक हप्ताको निम्ति स्थगित गरिएको छ। त्यसपछि परिस्थितिहरूको आकलन गरेर फसेला लिनेछौं। त्यसपछि बोर्डले लीगको रहल म्याचहरूका निम्ति अलग कार्यक्रम जारी गर्नेछ। लीगको निम्ति विण्डोबारे प्रश्न गरिँदा उनले भने, सबै बोर्डले हामीलाई समर्थन गर्छ। यसैकारण विण्डो कुनै चिन्ताको कुरा होइन। विदेशी खेलाड़ीहरूका उपलब्धताबारे उनले भने, त्यो उनीहरूको निजी फसेला हुनेछ। उनीहरू स्वयंले फसेला गर्नेछन्। यसअघि आईपीएल चेयरम्यान अरुण धूमलले बिहीवार राती वर्तमान स्थितिमा पनि आईपीएलको १८औं संस्करण जारी रहने बताएका थिए तर अहिले बोर्डले यसलाई स्थगित गर्ने फसेला लिएको छ। यसअघि बिहीवार राति धर्मशालामा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच खेलिएको म्याच बीचमा रोकिएको थियो। फ्लड लाइटको समस्याहरूले गर्दा म्याच रोकिएको बोर्डले जानकारी दिएको थियो। म्याच रोकिएपछि खेलाड़ी अनि दर्शकहरूलाई स्टेडियम बाहिर लगिएको थियो। उल्लेखनीय छ, आईपीएल २०२५-को सत्र अहिले अन्तिम चरणमा रहेको छ। अहिले लीगमा फाइनलसहित जम्मा १६ वटा म्याच खेलिनु बाँकी छ। फाइनल २५ मईमा कलकत्तामा खेलिनेछ।