धर्मशाला: भारत र पाकिस्तानबीच जारी सैन्य कार्वाहीबीच धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेलिएको इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को म्याच बीचमै रोकियो अनि केही बेरपछि म्याच रद्द गर्ने फसेला गरियो। भारतीय समयानुसार ९.२९ बजी स्टेडियमको फ्लडलाइटहरू बन्द गरियो। त्यसपछि खेलाड़ी र दर्शकहरूलाई मैदान बाहिर गइरहेको देखियो। आईपीएलद्वारा जारी बयानमा चाहिँ म्याच फ्लडलाइटको गड़बड़ीले गर्दा रद्द गरिएको जानकारी दिइएको छ। यसअघि म्याचमा टस जितेर पञ्जाब किंग्सले पहिला ब्याटिंग गर्ने फसेला गऱ्यो। खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रियांश आर्य ३४ बलमा ७० रन बनाएर आउट भए। उनले ३४ बल खेलेर ६ वटा छक्का र ५ वटा चौका लगाए। प्रियांशले प्रभसिमरन सिंहसँग पहिलो विकेटको निम्ति १२२ रनको पार्टनरशीप गरे। प्रियांश आउट हुनको साथै फ्लडलाइट बन्द भयो। प्रभसिमरनले ७ वटा चौकाको साथ २८ बलमा अविजित ५० रन बनाए।