मिरिक: मिरिकमा अहिले पर्यटन माैसम चरममा रहेकाे छ।देश विदेशका सयाै पर्यटकहरूकाे आगमन मिरिक पर्यटन केन्द्रमा भइरहेकाे छ।हाल यहाँकाे सबै हाेटल र रेस्तुराहरूमा पर्यटकहरूकाे चहल पहल अधिक देखिएकाे छ। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूकाेलागि थ्री सिक्टी डिग्री राेटेट क्यामेरा मशिन मुख्य आकर्षण बनेकाे छ। जसमा दैनिक रिल्स बनाँउनेहौकाे संख्या अधिक देखिएकाे छ।थ्री सिक्टी डिग्री राेटेट क्यामेरा मशिन मिरिक पर्यटन केन्द्रमा संचालन गरिरहेका अभिषेक ब्राहमिण, हिम्मत तामाङ र याेवन प्रधानले गत बर्ष फरवरी महिनादेखि मिरिक पर्यटन केन्द्रमा मशिन संचालनमा ल्याइएकाे जानकारी गराँउदै यहाँ आएर हालसम्म लाखाै मानिसहरूले रिल्स बनाई सकेकाे बताए। उनीहरूले यहाँ आएर रिल्स बनाएपछि मिरिक पर्यटन केन्द्रकाे प्रचार विश्वस्तरमा भएकाे आफूहरूकाे अनुभाव रहेकाे जानकारी गराँउदै अधिकांश मानिसहरू यहाँ रिल्स बनाँउन मात्रै आउने गरेकाे बताए।उनीहरू मिरिक पर्यटन केन्द्रमा घुम्न आउने अनेपाली पर्यटकहरूले थ्री सिक्टी डिग्री राेटेट क्यामेरा मशिनमा रिल्स बनाँउदा गाेर्खाकाे जातीय पाेशाक लगाँउने गरेकाे जसले यहाँकाे भेषभूशाबारे पनि पर्यटकहरूले जान्ने अवसर पाइरहेकाे बताए। उनीहरूले बाल बालिका लगायत बृद्ध समेत यहाँ रिल्स बनाँउन आउने गरेकाे जानकारी गराँउदै रिल्स बनाँउने ज्यादा क्रेज युवा पिढीमा रहेकाे देखिएकाे बताए। थ्री सिक्टी डिग्री राेटेट क्यामेरा मशिनमा रिल्स बनाँउनेले एक सय रूपियाँ शुल्क तिर्नुपर्ने जानकारी गराँउदै यसैले हामीले बेराेजगारी समस्या समधान गरिरहेकाे बताए। उनीहरूले मिरिककाे पर्यटन विकासमा थ्री सिक्टी डिग्री राेटेट क्यामेरा मशिनले अहम भूमिका पालन गरिरहेकाे जानकारी गराँउदै यसले मिरिकमा पर्यटकहरूलाई भित्राँउन माइलखुट्टीकाे काम गरिरहेकाे अनुभाव गरिएकाे बताए। मिरिक पर्यटन केन्द्रमा थ्री सिक्टी डिग्री राेटेट क्यामेरा मशिन संचालन गर्न पर्यटन विभागका एटी राई,मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत मिरिक स्मल फूट कार्ट एशाेसिएशनकाे साथ र सहयाेग लगतार प्राप्त भइरहेकाे बताए।