भारत पाकिस्तान तनाव: सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट

IMG-20250508-WA0208

झापा: पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ।
वैशाख २३ गते (६मई )मंगलबार बिहानदेखि बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरिएको छ।
भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोल वैशाख २३ गते(६ मई) २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ। त्यस्तै एकल पट्रोल वैशाख २३ गते(६मई) ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको छ।
सोही अवधिमा सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ। वैशाख २३ गते (६मई )५ सय ६४, वैशाख २४ गते(७मई) ६ सय ४० र वैशाख २५ गते(८मई) ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको हो। सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको छ।
उक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाइ बाहिनी मुख्यालय मकवानपुुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरूबाट १० हजार भन्दा बढि सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्य समेत कडाइकासाथ गरिएको छ। तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत गरिएको छ। यसैगरी शहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement