नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर ‘अपरेसन सिन्दूर’को निरन्तर निगरानी गरेका छन्।
समाचार संस्था एएनआईले प्रधानमन्त्री मोदीले पहलगाम नरसंहारको प्रतिकारमा बुधबार प्रभाति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका नौ आतंकवादी लक्ष्यमा मिसाइल प्रहार गरिएको ‘अपरेसन सिन्दूर’को निरन्तर निगरानी गरेको जनाएको छ।
सरकारी स्रोतहरूका अनुसार, प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा बसेर वास्तविक समयमा भइरहेको विकासक्रमको निगरानी गरेका थिए। उनलाई रक्षा प्रमुख, वरिष्ठ गुप्तचर अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाले निरन्तर जानकारी दिएका थिए।
मंगलबार साँझदेखि बुधबार बिहानसम्म सेनाध्यक्ष, नौसेनाध्यक्ष र वायुसेनाध्यक्षसँग प्रधानमन्त्रीको धेरैपटक सम्पर्क भएको एनडीटीभीले जनाएको छ।