सातौं खेलो इण्डिया युवा खेलकुद: फूटबलमा मेघालयको ठूलो जीत

IMG-20250506-WA0316

पटना: बिहारको बेगुसरायमा आज भएको सातौं खेलो इण्डिया युवा खेलकुदको फूटबल स्पर्धामा मेघालयले चण्डीगढलाई १०-१ ले पराजित गऱ्यो। विजेता टीमबाट इशानबोक बुहफाङ र साम्बोरलाङ लाङटेले ह्याट्रिक गरे।
समूह ए मा मेघालयको दोस्रो खेल बिहीवार ओडिशाविरुद्ध रहेको छ। ओडिशाले अन्य एउटा म्याचमा पश्चिम बंगाललाई २-१-ले पराजित गऱ्यो। प्रत्येक समूहका शीर्ष दुई टीमले सेमिफाइनलमा स्थान बनाउनेछ।

जेफ्री वारलारपिहको प्रशिक्षणमा रहेको मेघालय गत संस्करणको च्याम्पियन हो, जसले २०२४ को तमिलनाडुमा भएको संस्करणमा स्वर्ण पदक जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement