पडाङ: इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा मंगलबार पहाडी सडकमा यात्रा गर्ने क्रममा ३४ यात्रु बोकेको बस अनियन्त्रित भएर पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। पश्चिम सुमात्रा ट्राफिक पुलिस निर्देशक रेजा चैरुल अकबर सिदिकले भने “अन्तर-प्रान्तीय बस उत्तरी सुमात्रा प्रान्तको मेदानबाट इन्डोनेसियाको राजधानी जकार्ता जाँदै थियो,जब पश्चिम सुमात्राको पडाङ शहरको बस टर्मिनल नजिकै यसको ब्रेक फेल भएको हुन सक्छ।”
उनले भने कि पुलिसले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको छ, तर बाँचेकाहरूले अधिकारीहरूलाई भने ” पडाङको धेरै भिरालो पहाड भएको क्षेत्रमा ब्रेक फेल भएपछि चालकले गाडीको नियन्त्रण गुमाएका हुन। उनले २३ जना घाइते सहित सबै पीडितहरूलाई नजिकैका दुई अस्पतालमा लगिएको बताए। सिद्दिकले १३ जना घाइतेलाई गम्भीर चोट लागेको र उनीहरूको उपचार भइरहेको बताए। चालक सहित धेरैको अवस्था गम्भीर छ।