नयाँ दिल्ली: बलिउडका बादशाह शाहरुख खान विश्वकै चौथो धनी सेलिब्रेटी बनेका छन्। हलिउडका दिग्गज कलाकारलाई पछि पार्दै उनी चौथो धनी सेलिब्रेटी बनेका छन्।
एस्क्वायरले जारी गरेको सूचीमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ। चौथो नम्बरमा भारतबाट शाहरुख खान परेका हुन्।
उनले ब्राड पिट, टम ह्यान्क्स, ज्याकी च्यानजस्ता विश्वव्यापी स्टारहरू पछि पारेका छन्। आजका कलाकारहरूले फिल्मबाट मात्र नभई ब्रान्ड, प्रोडक्सन हाउस, टेक स्टार्टअप, रियल स्टेट र अन्य व्यवसायबाट पनि अर्बौं कमाइ गरिरहेका छन्।
शाहरुखको आम्दानीको माध्यम फिल्मबाट मात्रै होइन। उनको प्रोडक्सन हाउस, ब्रान्ड डील, क्रिकेट टिम, घर जग्गा लगानी र विश्वव्यापी फ्यानबेस छ।
उनी २०२३ ब्लकबस्टर फिल्म पठान र जवानले बक्स अफिसमा २००० करोड भन्दा बढी कमाएको थियो। यो सूचीको पहिलो स्थानमा अर्नोल्ड श्वार्जनेगर, दोस्रोमा ड्वेन द रक जोन्सन, तेस्रोमा टम क्रूज रहेका छन्।