अमेरिकाले गर्‍यो युक्रेनलाई तीन अर्ब १० करोडबराबरको सैन्य सहयोग घोषणा

IMG-20250503-WA0308

नयाँ दिल्ली: संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका निम्ति तीन अर्ब १० करोड अमेरिकी डलरबराबरको सहायता प्याकेज स्वीकृत गरेको शनिबार पेन्टागनले जानकारी दिएको छ।
उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणाली समावेश छन्।
सहयोगमा समावेश कम्पनीमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू छन्। तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन। विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्रराष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ।
नेदरल्यान्ड, डेनमार्क, नर्वे र बेल्जियमजस्ता मित्रराष्ट्रहरूले हालसम्म युक्रेनलाई ७९ लडाकु विमान दिने घोषणा गरिसकेका छन्। सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement