भारतमा पाकिस्तानी प्रधानमन्त्रीको यूट्युब च्यानल र इन्स्टाग्राम ब्लक

IMG-20250503-WA0048

नयाँ दिल्ली: पहलगाम आक्रमणपछि भारतमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफको आधिकारिक यूट्युब च्यानल र इन्स्टाग्राम खाता ब्लक गरिएको छ। यसअघि पाकिस्तानी क्रिकेटर बाबर आजम, हरिस रौफ, मोहम्मद रिजवान र शाहीन अफ्रिदीको इन्स्टाग्राम खाताहरू पनि भारतमा ब्लक गरिएको थियो। 
२२ अप्रिल २०२५ मा पहलगामको बैसरन उपत्यकामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले यसको लागि पाकिस्तानलाई जिम्मेवार ठहरायो र सिन्धु जल सन्धि निलम्बन गर्‍यो र अटारी-वाघा सीमा बन्द गर्‍यो।
भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टा भित्र देश छोड्न भनिएको थियो र दुवै देशका कूटनीतिज्ञहरूको उपस्थिति पनि प्रभावित भएको थियो। पाकिस्तानले भारतबाट आउने सबै उडानहरूको लागि आफ्नो हवाई मार्ग पनि बन्द गर्‍यो। यसपछि, भारतले पनि कारबाही गर्‍यो र पाकिस्तानबाट आउ७ने सबै उडानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्‍यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement