भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्टमा प्रतिबन्ध

IMG-20250501-WA0263

भारतीय प्रयोगकर्ताले रोक लगाइएका ती पाकिस्तानी कलाकारको इन्स्टाग्राम खाता प्रयोग गर्न सक्नेछैनन्। भारतमा प्रतिबन्धित पाकिस्तानी सेलिब्रेटीमा माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, आयजा खान, सजल अली, इकरा अजिज, सनम सईद समावेश छन्’

नयाँ दिल्ली: भारत प्रशासित कश्मिरको पहलगाममा २७ जनाको ज्यान जाने गरि गतसाता आक्रमण भयो। त्यसपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनिरहेको छ।
दुवै मुलुकले एकअर्काको फिल्म र कलाकारलाई प्रतिबन्ध लगाइरहेका छन्। भारतले पाकिस्तानी नागरिकलाई देश छाड्न भनिसकेको छ। यति मात्र होइन, बुधबार भारतले चर्चित पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्टलाई मुलुकभित्र प्रतिबन्ध लगाएको छ।
भारतीय प्रयोगकर्ताले रोक लगाइएका ती पाकिस्तानी कलाकारको इन्स्टाग्राम खाता प्रयोग गर्न सक्नेछैनन्। भारतमा प्रतिबन्धित पाकिस्तानी सेलिब्रेटीमा माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, आयजा खान, सजल अली, इकरा अजिज, सनम सईद समावेश छन्।
माहिरा खान, अली जफर, सजल अलीले बलिउडमा काम गरिसकेका छन्। सजल अलीले फिल्म ‘मम’मा श्रीदेवीकी छोरीको भूमिका निभाएकी थिइन्। भारतले धेरै पाकिस्तानी टिभी कलाकारलाई प्रतिबन्ध लगाइएको भए पनि, पाकिस्तानका सबैभन्दा लोकप्रिय अभिनेता फवाद खानको खाता अझै पनि भारतीय प्रयोगकर्ताहरूको लागि उपलब्ध छ।
फवाद खान आफ्नो बलिउड कमब्याक फिल्म ‘अबीर गुलाल’का कारण लामो समयदेखि विवादमा घेरिएका थिए। यो फिल्मलाई भारत र पाकिस्तान दुवैले प्रतिबन्ध लगाइसकेका छन्। फवाद खान बाहेक ‘सनम तेरी कसम’ स्टार मावरा होकने, ‘हिन्दी मिडियम’की पाकिस्तानी अभिनेत्री सबा कमर, युमना जैदी, महविश हयात, अभिनेता वहाज अली र उर्वा होकानेको खाता पनि बन्द गरिएको छैन।
भारतीय गृह मन्त्रालयको आदेशमा, धेरै पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा ब्लक गरिएको छ। यसमा एआरवाई डिजिटल र हम टिभीका युट्युब च्यानल पनि समावेश छन्, जुन भारतीय प्रयोगकर्ताका लागि पाकिस्तानी कार्यक्रमको स्रोत थिए।
गृह मन्त्रालयको सिफारिसमा सरकारले १६ वटा पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ। सरकारी स्रोतहरूका अनुसार यी च्यानलहरूलाई भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको छ जसमा पाकिस्तानको प्रसिद्ध ‘डन न्यूज’ पनि छ।
यही कारणले गर्दा माहिरा खान र फवाद खान जस्ता कलाकारहरूले भारतीय फिल्महरू छोड्नुपरेको थियो। सन् २०२३ मा, बम्बई उच्च अदालतले राजनीतिक तनावका कारण कलाकारलाई सजाय दिन नसकिने भन्दै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउने याचिका खारेज गर्‍यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement