लगानी सम्मेलनको उद्घाटन क्रममा प्रधानमन्त्री ओलीले कोशी प्रदेश लगानीको लागि अनुकूल अबस्था रहेको दाबी गरे

IMG-20250501-WA0264

विराटनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताएका छन्।
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उनले सडक सञ्जाल, कानुनी अवस्था र अन्य कुराहरूको कारण अहिलेको सवस्था अनुकूल रहेको बताएका हुन्।
उनले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै समस्या नभएको बताए।
हुलाकी राजमार्ग अन्तर्गत कनकाई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने, माथिल्लोतर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकोले लगानी सुरु गर्दा बजारसम्म सामान पुगाउँदा राजमार्ग तयार भइसक्ने जानकारी दिए।
मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिपताला नाकाजस्ता स्थानहरू खुला भएकाले कोशी करिडोर निर्माण भइरहेको र जहाँसुकै सामान ढुवानी गर्न सकिने हुँदा लगानीकर्तालाई नडराई अगाडि बढ्न आग्रह गरे।
उनले लगानीको वातावरण बनाउने प्रमुख कुरा भनेकै लगानीकर्ता र श्रमिकबीच कुनै खटपट नहुनु, श्रमिक र रोजगारदाताबीच समस्या देखिए पनि सहजै समाधान हुने र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सिद्धान्तअनुसार सन्धि कार्यान्वयन भएकाले आईएलओले नेपालप्रति सफलताको प्रशंसा गरेको बताए।
प्रधानमन्त्री ओलीले अब भारतबाट सामान ढुवानी गर्न सहज र सस्तो बनाउन जलमार्गको प्रयोग गर्ने गरी काम अघि बढ्ने बताए। कोशी नदी र कर्णाली नदीमा जहाजमार्फत ढुवानी गर्ने गरी काम सुरु गरिएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement