रुसका लागि लडिरहेका ६ सय उत्तर कोरियाली सैनिक मारिए

KCNA-North-Korea-1-Reuters-2025-01-edf0cf2d4d2f35a0c786055737a309b0

नयाँ दिल्ली: प्योङयाङले मस्कोलाई सहयोग गर्न सेना तैनाथ गरेको आधिकारिक पुष्टि गरेपछि युक्रेनविरुद्ध रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएको र हजारौँ घाइते भएको सियोलका एक सांसदले बुधवार बताएका छन्।
“अहिलेसम्म उत्तर कोरियाली सैनिकहरूको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमा करिब छ सय जनाको मृत्यु भएको छ”, संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ–क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारहरूलाई भने।
उत्तर कोरियाले सोमवार पहिलो पटक रुसमा सेना तैनाथ गरेको पुष्टि गरेको छ। सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रूसी सीमावर्ती क्षेत्र कुर्स्कमा युक्रेनी नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको रिपोर्ट गरेको छ।
सियोल र वासिङ्टनले प्योङयाङलाई सहयोगका लागि थप सेना र हतियार पठाएको आरोप लगाए पनि दुवै देशबाट महिनौँको आधिकारिक मौनतापछि मस्कोले उत्तर कोरियाको सहभागितालाई छुट्टै पुष्टि गरेको थियो।
यस वर्ष करिब दुई हजार सैनिकलाई आणविक हतियार भएको उत्तर कोरियामा फिर्ता लगिएको लीले बताए। उनीहरूलाई अहिले प्योङयाङ र देशभरका अन्य स्थानहरूमा एकान्तवासमा राखिएको बताइएको छ।
“मारिएका सैनिकका शवहरू उत्तरमा फिर्ता लैजानुअघि स्थानीय रूपमा कुर्स्कमा जलाइएको बुझिएको छ”, उनले भने।
“उत्तर कोरियाले दुई चरणमा १८ हजार सेना परिचालन गरेर रुसलाई कुर्स्क पुनः कब्जा गर्न सहयोग गर्‍यो“ लीले भने। मार्चदेखि यस क्षेत्रमा झडपको सङ्ख्या घटेको छ।
उनका अनुसार उत्तर कोरियाली सेनाभित्र अत्यधिक मदिरा सेवन र चोरीसहित दुर्व्यवहारका खबरहरू आएका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement