गुवाहाटी: आसामका मुख्यमन्त्री हिमंत विश्व शर्माले पहलगाम आतंकवादी हमलापछि भारतमा बसेर पाकिस्तानको बचाउ गरेको आरोपमा अहिलेसम्म २७ जनालाई राज्यमा पक्राउ गरिएको बताएका छन्।
हिमन्तले पक्राउ पर्ने यो संख्या सोमबार रातिसम्मको भएको बताए। “अहिलेसम्म २७ जना देशद्रोही पक्राउ परेका छन्,” हिमन्तले सामाजिक सञ्जाल प्लेटफर्म ‘ मा भने। पक्राउ पर्नेहरूमा विपक्षी अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) का विधायक अमिन-उल-इस्लाम पनि समावेश छन्, जसलाई पहलगाम आक्रमणमा पाकिस्तानको बचाउ र यसको संलग्नताको आरोपमा देशद्रोहको आरोपमा मुद्दा दर्ता गरिएको छ।
शनिबार, मुख्यमन्त्री हिमन्तले आवश्यक परेमा पक्राउ परेकाहरूमाथि राष्ट्रिय सुरक्षा ऐनको प्रावधान पनि लागू गरिने बताएका थिए। उनले पत्रकारहरूलाई भनेका थिए, ‘भारत र पाकिस्तानमा कुनै समानता छैन।’ दुवै देश शत्रु देश हुन् र हामी यसरी नै रहनुपर्छ।