बिहार: पहलगाम घटनालाई लिएर मटिहानीमा पाकिस्तान विरोधी नारा लाग्यो

IMG-20250429-WA0288

महोत्तरी: महोत्तरीको मटिहानीमा पहलगाममा भएको आतंकी आक्रमणमा परेर नेपाली नागरिक सहित मारिएका २६ जना पर्यटकको आत्मलाई शान्ति मिलोस भनेर श्रद्धाञ्जली दिइयो।
मटिहानीमा समरस नेपालद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा भारत जम्मु कश्मीरको पहलगाम घाटीको बैंसारनमा पर्यटकमा कायरतापूर्ण ढंगबाट धर्म सोधी सोधी आतंकबादीद्वारा हत्या गरिनु कार्य अत्यन्तै निन्दनिय र मानवता विरोधी भएको ठहर गर्दै उक्त घटनामा मारिएका नेपाली नागरिक सुदिप न्यौपाने सहित २६ जनाको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गरियो।
उक्त श्रद्धाञ्जली कार्यक्रममा पाकिस्तान मुर्दावाद सहितका नारावाजी समेत गरियो। रुपन्देहीका सुदीप न्यौपानेलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै समरस नेपालका संयोजक चन्दन दुबेले पाकिस्तान रानदूतावासलाई न्यौपानेको हत्यालाई लिएर नेपाल सरकारले अविलम्ब स्पष्टिकरण सोध्नुपर्ने माग उठाए।
पहलगाम घाँटीमा भएको उक्त हृदय विदार एवं मानवता विरोधी घटनालाई लिएर निकै आक्रोश उत्पन्न भईरहेको वेला नेपाल सरकार पाकिस्तानी राजदूतलाई तलव गर्नुपर्ने समेत माग अघि सारे।
विभिन्न हिन्दुवादी संगठनहरुले इस्लिामिक आंतकवादको विरुद्धमा विभिन्न स्थानहरुमा विरोध प्रदर्शनलाई जारी राखेको बताइएका छन्।
उक्त कार्यक्रममा नागरिक अगुवाहरु, संचारकर्मीहरु, बुद्धिजीविहरु, व्यापारीहरु, अध्यात्मिक व्यत्तित्वहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement