काश्मिरको आतंकवादी आक्रमणमा मारिएकाको परिवारमा पूर्वराजाको समवेदना

IMG-20250427-WA0279

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरको पहलगाममा केही दिनअघि भएको आतंककारी आक्रमणमा मारिएकाहरुका परिवारमा समवेदना व्यक्त गरेका छन्।
पूर्वराजाका सम्वाद सचिव डा फणिराज पाठकले आज जारी गरेको विज्ञप्तिमा जारी गर्दै उक्त आक्रमणमा मारिएका एकजना नेपालीसहित हिन्दु यात्रीहरुप्रति पूर्वराजाले समवेदना व्यक्त गरेको उल्लेख छ।
पूर्वराजाले यस्तो दुःखद घडीमा छिमेकी भारतप्रति पनि गहिरो सहानुभूति व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा पूर्वराजा शाहले ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ। यो घटनामा परि ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जलि। साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना। यसैगरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति हामी गहिरो सहानुभूति व्यक्त गर्दछौँ’ भनेका छन्। 
काश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा आतंककारीहरुले एकजना नेपालीसहित २६ जनाको हत्या गरेका थिए।

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement