परसा(नेपाल): वीरगञ्जमा तराई मधेस महिला फाउन्डेशन नेपालको आयोजनामा आज भारतको काश्मिरमा इस्लामिक जिहादीबाट गरिएको हत्या प्रति आपत्ति जनाउदै नेपाली नागरिक सहितका निर्दोष हिन्दू पर्यटकहरुको आत्माको चीर शान्तिका लागि श्रद्धांजलि अर्पण गरे।
वीरगञ्ज स्थित घण्टाघरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मृतकहरुको आत्माको चिरशान्तीका लागि सहभागीहरूले मैनबत्ति बालेर एक मिनेट मौन धारण गरेका थिए।
सो अवसरमा वक्ताहरूले धर्मको नाममा सामाजिक सदभाव बिथोलिदै यसरी बर्बरताका साथ नेपाली लगायत अन्य ठाउँबाट आएका हिन्दुहरुलाई गोलि हानि मारिएको घटनाप्रती घोर विरोध जनाएका थिए।
तराई मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साहको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा बिपिन साह, दिपेन्द्र पटेल, सुधिर साह, रोहन साह, मैना देबी साह लगायतका ब्यक्तित्वहरुको मुख्य उपस्थिति रहेको थियो ।