सिलिगुडी: केन्द्रीय राजस्व गुप्तचर विभाग (डीआरआई) ले ठूलो मात्रामा विदेशी मुद्रासहित एक व्यापारीलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यापारीको नाम श्याम बाबु प्रसाद हो। उनी मतिगढाको तुम्बाजोतका बासिन्दा हुन्। उनी लामो समयदेखि मुद्रा विनिमय व्यवसायमा संलग्न छन्। उनीसँग यसको लागि लाइसेन्स पनि छ। तर उनीसँग ठूलो मात्रामा बेहिसाब विदेशी र भारतीय पैसा रहेको बताइएको छ। शनिबार बिहान, डीआरआईले मतिगढामा रहेको उनको घर र सिलिगुडीमा रहेको उनका दुई कार्यालयहरूमा छापा मारेको थियो। अधिकारीहरूले भारतीय र विदेशी मुद्रा लगभग १.१४ करोड रुपैयाँ बरामद गरेका छन्। घरबाट करिब २२ लाख रुपैयाँ बराबरको बेहिसाब मुद्रा बरामद भएको छ भने एउटा कार्यालयबाट करिब ५१ लाख रुपैयाँ बरामद भएको छ। डीआरआईले मलेसिया, क्यानडा, हङकङ, अष्ट्रेलिया, बेलायत, बंगलादेश, साउदी अरेबिया र फ्रान्स लगायत विभिन्न देशहरूबाट विदेशी मुद्रा बरामद गरेको छ। व्यापारीलाई आइतबार सिलगढी अदालतमा पेश गरिएको थियो।