रियल म्याड्रिडलाई पराजित गरी कोपा डेल रे-को खिताब जित्यो बार्सिलोनाले

IMG-20250427-WA0182

सेविले: चरम रोमाञ्चक म्याचको अन्तिम समयमा गोल गरी बार्सिलोनाले स्पेनिश फूटबलको प्रतिष्ठित टुर्नामेण्ट कोपा डेल रे-को खिताब जित्यो। शनिवार अबेर राति खेलिएको फाइनलमा बार्सिलोनाले आफ्नो चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-२-ले पराजित गरी यस सीजनमा तेस्रो खिताब जित्ने दिशामा पहिलो कदम बढ़ायो। टुर्नामेण्टमा यो बार्सिलोनाको ३२औं खिताब हो। बार्सिलोना अहिले यूएफा च्याम्पियन्स लीग र स्पेनिश ला लीगामा पनि च्याम्पियन बन्ने रेसमा कायम छ। च्याम्पियन्स लीगमा सेमिफाइनल चरणको पहिलो लेगमा बार्सिलोनाले बुधवार इण्टर मिलानको चुनौती स्वीकार्नेछ। यसरी ला लीगको शीर्ष स्थानमा रहने बार्सिलोनासँग अहिले रियल म्याड्रिडभन्दा ४ पोइण्ट्स अधिक रहेको छ।
सेविलेमा भएको फाइनल म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाको शुरुवात असल रह्यो। लामिन यामालसँग असाधारण तालमेलको साथ पेड्रीले २८औं मिनटमा लामो दूरीबाट दर्शनीय गोल गरी बार्सिलोनालाई बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। दोस्रो हाफको खेलमा चाहिँ रियल म्याड्रिडले पनि बार्सिलोनामाथि दबाउ सृष्टि गर्दै चाँड़ै २-१-को बढ़त हासिल गऱ्यो। कीलियन एम्बाप्पेले ७०औं मिनटमा फ्री किकमा दर्शनीय गोल गरी रियललाई बराबरीमा पुऱ्याए। त्यसको ७ मिनटपछि औरेलियन चौआमेनीले हेडरद्वारा गोल गरी रियल म्याड्रिडलाई बढ़त दिलाए। त्यसपछि दबाउको परिस्थितिबीच फेरान टोरेसले ८४औं मिनटमा गोल गरी बार्सिलोनालाई २-२-को बराबरीमा पुऱ्याए। अतिरिक्त समयको खेलमा दुवै टोलीले निर्णायक बढ़त हासिल गर्ने लक्ष्यको साथ लगातार आक्रमण गऱ्यो। यसै क्रममा लुका मोड्रिचको पासमा राइट ब्याक जुलेस कोण्डेले ११६औं मिनटमा लामो दूरीबाट दर्शनीय गोल गरेर बार्सिलोनालाई ३-२-ले जीत दिलाए। अतिरिक्त समयको इञ्ज्युरी टाइममा मैदानमा निक्कै तनाउपूर्ण स्थिति सृष्टि भयो। यस अवधि रियल म्याड्रिडका ३ जना खेलाड़ीलाई रेड कार्ड देखाइयो। रेड कार्ड देख्ने खेलाड़ीहरूमा एण्टोनियो रुडिगर, लुकास भास्क्वेज र जूड बेलिंघम सामेल छन्। उल्लेखनीय छ, बार्सिलोनाले यस सीजनमा रियल म्याड्रिडविरुद्ध ३ वटा म्याच खेलेर तीनैवटा जितेको छ। गत वर्ष अक्टोबरमा ला लीगाको म्याचमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-०-ले पराजित गरेको थियो। त्यसपछि जनवरीमा स्पेनिश सुपर कपको फाइनलमा पनि बार्सिलोनाले ५-२-ले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement