नयाँ दिल्ली: गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविरामको सहमति गर्न नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले शनिबार बताएका छन्।
हमासको एक प्रतिनिधिमण्डल इजिप्टका मध्यस्थकर्तासँग १८ महिना लामो युद्धबाट कसरी बाहिर निस्कने भन्ने विषयमा कायरोमा छलफल गरिरहेको छ। हमासका एक अधिकारीका अनुसार प्यालेस्टिनी लडाकू समूहले एउटै चरणमा कैदीहरूको आदानप्रदान र पाँच वर्षका लागि युद्धविरामका लागि तयार गरिरहेको छ।
युद्धविरामका लागि पछिल्लो प्रयास इजरायलको प्रस्तावपछि आएको हो, जसलाई हमासले यसै महिनाको सुरुमा ‘आंशिक’ भन्दै अस्वीकार गरेको थियो र यसको साटो सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणबाट प्रज्वलित युद्ध रोक्न ‘विस्तृत’ सम्झौताको माग गरेको थियो।