‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ सेमिनारको उद्घाटन गर्न ओली लुम्बिनी पुगे

IMG-20250426-WA0164

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली ‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्न लुम्बिनी आइपुग्नुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन्। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तार गर्न लुम्बिनीमा चौथो महोत्सव आयोजना गरिएको छ।
महोत्सव अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना हुँदैछ। यो महोत्सव सारिपुत्र फाउन्डेसनले संयोजन गरेको हो। नेपाल र चीनबीच कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो। चीनको वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वेइचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले पनि सहकार्य गरिरहेका छन्।
संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरिरहेका छन्। महोत्सवमा ४० देशका प्रतिनिधिहरू सहभागी छन्। महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement