काठमाडौं: आन्दोलनरत शिक्षकहरूले सरकारलाई कक्षा १२ को परीक्षाको मिति सार्न बाध्य पारिएको बताएका छन्।
नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला अध्यक्ष मदन राईले सरकार डरले कक्षा १२ को परीक्षा स्थगित गर्न बाध्य भएको बताए।
उनले भने, “शिक्षकहरूको डरले सरकार कक्षा १२ को परीक्षा रोक्न बाध्य भएको छ। अब शिक्षकहरूको माग पूरा हुनुपर्छ।”
यदि सरकारले शिक्षकहरूको माग पूरा गरेन भने हामी आफैं राजीनामा दिन तयार रहेको उनीहरूको भनाइ छ। उनले भने, “यो हाम्रो अन्तिम आन्दोलन हो। यसपछि कुनै आन्दोलन हुनेछैन। हामी गर या मरको अवस्थामा छौं।” “यदि हाम्रा मागहरू पूरा भएनन् भने, हामी राजीनामा दिन तयार छौं।”
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमै गर्ने कुरामा अडिग रहेको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यसलाई बैशाख २१ सम्मका लागि सारिएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज आन्दोलन चरम सीमामा पुग्ने बताए। शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि अब प्रधानमन्त्री ओलीले मात्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरू बताउँछन्।