बाइसनको आक्रमणले वृद्ध महिलाको ज्यान लियो

Chhetriya-Samachar-2

जलपाइगढी: जिल्लाको रायपुर चिया बगानमा दुईवटा बाइसनको आक्रमणमा परी एकजना वृद्ध महिलाको मृत्यु भयो भने अन्य दुईजना मानिसहरू घाइते भए। मृत वृद्ध महिलाको पहिचान देवमणि बड़ाईकको रुपमा भएको छ।
सूत्रका अनुसार, गए आइतवार बिहान दुईवटा बाइसन जिल्लाको रायपुर चिया बगानमा अचानक पसे र चिया बगानमा काम गरिरहेका श्रमिकहरू र स्थानीय मानिसहरूमाथि आक्रमण गरे,जसमा वृद्धा देवमणिको घटनास्थलमै मृत्यु भयो। अन्य दुईजना पनि बाइसनको आक्रमणबाट घाइते भएl उनीहरुलाई जलपाइगढी सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गरिएको छ। घटनापछि क्षेत्रमा सन्त्राष व्याप्त छ।
अर्कोतिर घटनाको खबर पाए लगत्तै गोरूमारा वाइल्ड लाइफबाट वनकर्मी तथा अधिकारीहरू घटनास्थलमा पुगे। वनकर्मीहरूले दुवै बाइसनलाई जंगलतिरै फर्काउने प्रयास गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement