नेपालमा चिनियाँ नीतिबारे चर्चा परिचर्चा

IMG-20250420-WA0284

काठमाडौँ: चीनको विकास र चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्राध्यक्ष सी चिनफिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विभागले सन २०१२ मा स्वीकृत गरेका ८ वट नियम र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे नेपालमा पनि चर्चा भएको छ।
फ्रेण्ड्सन अन क्लाउड नामक संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफ्नो अनुभवबारे धारणा राख्नु भएको थियो।
राष्ट्राध्यक्ष सीका ८ नियममा अनुसन्धान पद्धतिको सुधार र तथ्य, मितव्ययी, आर्थिक अनुशासन, द्विपक्षीय, त्रिपक्षीय भ्रमण, समाचार रिपोर्ट, अनावश्यक बहस र प्रचार, इमानदारिता,अनुशासन लगायतका विषय समेटिएका छन्।
कार्यक्रममा पूर्व सचिव सिटौला र संस्थाका अध्यक्ष उप्रेतीले चीनको विकास र कार्यशैलीबाट नेपालले पनि धेरै कुरा सिकेर विकास गर्नसक्ने धारणा राख्नु भएको थियो। नायक मल्ल र पत्रकार श्रेष्ठले चीनले ग्रामीण क्षेत्रमा गरेको विकास, समाजवादको उपयुक्त प्रयोग, चिनियाँ प्रविधि लगायत आफूले अनुभव गरेको विषयबारे जानकारी गराउनु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement