सिलगढी: सिलगढीमा एक १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप लागेपछि भक्तिनगर पुलिसले कारबाही गर्दै गौतम नट्टा नाम गरेका आरोपीलाई पक्राउ गरेको छ।
समाचार अनुसार, नाबालिका आफ्नी आमासँग आसामबाट सिलिगुडीमा आफन्तको घरमा घुम्न आएकी थिइन्। शुक्रबार, आरोपीले इस्कॉन मन्दिरको दर्शन गर्ने बहानामा बालिकालाई दुर्गा नगरको एउटा खाली घरमा लगेर बलात्कार गरेको आरोप छ।
घटनापछि बालिकाकी आमाले भक्तिनगर पुलिस चौकीमा उजुरी दिएकी थिइन्। उजुरीको आधारमा पुलिसले अनुसन्धान सुरु गरी शुक्रबार राति आरोपीलाई पक्राउ गरेको छ।
आरोपी गौतम नट्टाले आफूलाई झूटो मुद्दामा फसाइएको दाबी गरे पनि उसलेआफ्नो बयानमा केटी वयस्क भएपछि विवाह गर्ने आफ्नो मनसाय रहेको बताए।
पक्राउ परेका अभियुक्तलाई शनिबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो। पुलिसले अनुसन्धान जारी राखेको छ।