वैज्ञानिक सेगनले बनाएको अच्चम्वको क्यालेन्डर

FB_IMG_1745053447730

ब्रह्माण्डको १३.८ अर्ब वर्षको इतिहासलाई एकवर्षे पात्रोमा समेट्दा प्रत्येक दिनले ३.७८ करोड वर्ष, प्रत्येक घण्टाले १५.८ लाख वर्ष, प्रत्येक मिनेटले २६,००० वर्ष र प्रत्येक सेकेन्डले ४३८ वर्षलाई संकेत गर्छ।
सभ्यता र संस्कृतिपिच्छे अलग–अलग नयाँ वर्षहरू छन् र मनाउने अलग–अलग तरिका। वर्ष दिनभरिको यो पात्रोको आफ्नै सांस्कृतिक मूल्य र मान्यता छ। पात्रोहरूको जे–जस्तो विविधता भए पनि हामी मानिस समयलाई घण्टा, दिन, महिना र वर्षमा नाप्छौं। र, यसैको गणनामा ३ सय ६५ दिन बितेपछि एक वर्ष पुगेको भनी आउने ३६६ औं दिनलाई नयाँ वर्ष मान्छौं।
यो सबै पृथ्वीबाट हेर्दा देखिने सूर्यको चाल र ग्रह नक्षत्रको परिभ्रमणलाई जोडेर निकालिएको खगोलीय हिसाबकिताबमा आधारित छ।
विज्ञानलाई जनबोलीको बुझिने भाषामा भन्नुपर्छ भन्ने मान्यता बोक्ने प्रसिद्ध अमेरिकी खगोलशास्त्री कार्ल सेगनको मनमा एक दिन अनौठो विचार आएछ– यो सृष्टिको सुरुवातदेखिको समयलाई मानव पात्रोको एक वर्षमा मिलाउन खोज्दा कस्तो समय तालिका बन्दो हो? यसमाथि उनले हिसाबकिताब गर्न थाले। यसको उत्पत्तिदेखि अहिलेसम्मको विकासक्रमलाई पृथ्वीको ३६५ दिनको समय–तालिकामा ढाल्न खोजे। र, अन्त्यमा एउटा गज्जबको हिसाब निस्कियो।
त्यसलाई उनले आफ्नो पुस्तक ‘द ड्रागन्स अफ इडेन: स्पेकुलेसन्स अन द इभोलुसन अफ ह्युमन इन्टेलिजेन्स’ मा प्रस्तुत गरे, जो सन् १९७७ मा प्रकाशित भएको थियो। कार्लको यो अवधारणाले ज्यादै लोकप्रियता पायो। त्यसलाई उनले थप खोजबिनका साथ बढी प्रस्ट रूपमा अर्को पुस्तक ‘कस्मस (१९८०)’ मा उल्लेख गरे। अनि त्यसलाई ‘कस्मस : अ पर्सनल भोयज’ भन्ने टेलिभिजन शृंखलामार्फत थप लोकप्रिय बनाए।


कार्ल सेगनको ब्रह्माण्डीय पात्रो यति गज्जबको छ कि यसका आँखाले संसारको आयु हेर्दा एउटा विस्मयकारी भावले जो कसैलाई वशीभूत पारिदिन्छ। हालसम्मको अध्ययनले वैज्ञानिकहरूको अनुमान के छ भने ब्रह्माण्डको सुरुवात १३.८ अर्ब वर्ष पहिले भएको थियो । सेगनले यति लामो अवधिलाई मानव मनले बुझ्ने एक वर्षको अवधिमा ढालेका छन्। सम्पूर्ण ब्रह्माण्डको इतिहासलाई एकवर्षे पात्रोमा समेट्दा प्रत्येक दिनले ३.७८ करोड वर्ष, प्रत्येक घण्टाले १५.८ लाख वर्ष, प्रत्येक मिनेटले २६,००० वर्ष र प्रत्येक सेकेन्डले ४३८ वर्षलाई संकेत गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement