दिल्लीको मुस्तफावादमा घर भत्किँदा चार जनाको मृत्यु

IMG-20250419-WA0143

मुस्तफावाद: दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहानै एक संरचना भत्किएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ। 
दुर्घटनाका प्रत्यक्षदर्शीले समाज एजेन्सी पीटीआईसँग कुरा गर्दै भने, ‘राति करिब २ देखि साढे २ बजेतिर भएको हो। अचानक चार तलाको घर ढल्यो। घरको तल्लो तलामा कन्ट्रक्शनको काम चिलरहेको थियो।
ती प्रत्यक्षदर्शीका अनुसार एक युवतीलाई उनी आफैंले उठाएर एम्बुलेन्समा राखेका थिए। तर त्यसबेलासम्म उनी जिवित थिइन्।
मृतकका एक आफन्तले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै आफ्ना दुई भान्जाको मृत्यु भएको बताएका छन्। उत्तर पूर्वी जिल्लाका एडिशनल डीसीपी सन्दीप लाम्वाले एएनआईसँग कुरा गर्दै घर भत्किँदा चार जनाको मृत्यु भएको जानकारी दिए।
घरको मुनि केही मानिस अझै दबिएको हुनसक्ने आशंकामा खोजी कार्य जारी रहेको उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement