कदमतलामा डा. अम्बेदकर जन्म जयन्ती भब्य रुपमा सम्पन्न

IMG-20250418-WA0163

सिलगढी: स्थानीय कदमतला ग्राम सहायक समिति भवनमा, कदमतला विश्वकर्मा कामी समाजले यस वर्ष पनि डा. बाबा साहेब भीमराव अम्बेदकरको १३४औं जन्म जयन्ती भव्य रुपमा मनाए। विश्वकर्मा समाजका सभापति इन्द्रबहादुर विश्वकर्माद्वारा अध्यक्षता गरिएको सो कार्यक्रममा प्रमुख अथिति दार्जीलिङ जिल्ला तृणमूल कंग्रेसका जिल्ला उपाध्यक्ष राजेन सुन्दास रहेका थिए। यस्तै विभिन्न सम्मान र पुरस्कारहरूद्वारा सम्मानित विनय गजमेर विशिष्ट अतिथि थिए ।कार्यक्रममा क्रमश: अनुसुचित जाति जनजाति संयुक्त मंच सुकुना सालबाडीका सचिव राजु सुनार, कदमतला ग्राम सहायक समितिका अध्यक्ष पुरण क्षेत्रीलगायत अन्य संस्थाका अध्यक्ष पदाधिकारीहरूको पनि उपस्थिति रहेको थिय‍ो।
कदमतला विश्वकर्मा कामी समाजको यस कार्यक्रममा आयोजक उपसचिव सन्तवीर साशंकर र श्रीमती सुषमा खातीद्वारा संचालन गरिएको कार्यक्रममा विश्वकर्मा समाजका बाल कलाकारहरू लगायत अथिति कलाकारहरूबाट आकर्षक नृत्य र नेपाली हिन्दी गीतहरू प्रस्तुति गरिएको थियो। कार्यक्रमका सहभागी बाल कलाकारहरूलाई
प्रमुख अथिति र अन्य विशेष अथितिहरूद्वारा पुरस्कार पनि प्रदान गरिएको थियो। विगतका दिनहरुमा झै विश्वकर्मा समाजले कदमतला समाजप्रति प्रशंसायोग्य कार्य गरेको बताउँदै आउने दिनहरुमा यस्तै कार्य गर्ने आपेक्षा समाजका पूर्व सभापति भूपाल कृष्ण विश्वकर्माले गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement